नेपाली राष्ट्रिय फुटबल टिम साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न माल्दिभ्स पुगेको छ। नेपाली टिम आगामी असोज १५ गतेदेखि सुरू हुने प्रतियोगितामा सहभागी हुन सोमबार राति माल्दिभ्स पुगेको हो।
नेपाली टिम कतारमा दुई साता अभ्यास गरेपछि माल्दिभ्स गएको हो। इन्डोनेसियामा रहेका डिफेन्डर रोहित चन्द भने उतैबाट माल्दिभ्स पुग्नेछन्।
कतारको अभ्यासको अन्तिम दिन नेपालले ओमानसँग अभ्यास खेल खेलेको थियो। सो खेलमा नेपाल ७-२ गोलले पराजित भयो।
यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।
पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।
भारत साफ च्याम्पियनसिपको सबैभन्दा सफल टिम हो। भारतले ७ पटक उपाधि जितेको छ। नेपाल भने अहिलेसम्म फाइनलमा समेत पुग्न सकेको छैन।
साफमा नेपालले पहिलो खेल असोज १५ मा आयोजक माल्दिभ्ससँग खेल्नेछ।
नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर : दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द
मिडफिल्डर : विशाल राई, सुनील बल, सुरज ज्यु ठकुरी, नितिन थापा, पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान, कमल थापा
फरवार्ड : नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा, आसिस लामा
साफमा नेपालको खेल
नेपाल भर्सेस माल्दिभ्स - असोज १५ गते - अपरान्ह ४:४५ बजे
नेपाल भर्सेस श्रीलंका - असोज १८ गते - राति ९:४५ बजे
नेपाल भर्सेस भारत - असोज २४ गते - राति ९:४५ बजे
नेपाल भर्सेस बंगलादेश - असोज २७ गते - अपरान्ह ४:४५ बजे