इंग्लिस फुटबल लिग (इएफएल) कपमा म्यानचेस्टर सिटीले सानदार जित हात पारेको छ।
सिटीले वेकम्व वान्डेरर्सलाई ६-१ ले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो।
सिटीको जितमा डि ब्रएनले २९ मिनेटमा पहिलो गोल गरे। महारेजले ४३ र ८३ मिनेटमा गरी दुई गोल गरे।
फोडेनले पहिलो हाफको इन्जुरी टाइम तथा टोरेशले ७१ र पल्मरले ८८ मिनेटमा गोल गरेका थिए।
अर्को खेलमा लिभरपुलले नर्विचलाई ३-० गोलले पराजित गरेको छ।
लिभरपुलको जितमा मिनामिनोले दुई गोल गर्दा ओरिगीले आत्मघाती गोल गरे।