युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ। समूह ‘एफ’ को खेलमा म्यानचेस्टरलाई स्विस क्लब योङ्ग ब्वाइजले २-१ गोलले पराजित गर्यो।
खेलमा अग्रता भने म्यानचेस्टरले लिएको थियो। क्रिस्टियानो रोनाल्डोले खेलको १३ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका थिए।
खेलको ३५ मिनेटमा म्यानचेस्टरका वान बिसाका रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए। योङ्ग ब्वाइजका क्रिस्टोफर मार्टिन्सलाई डरलाग्दो फल गरेपछि बिसाकालाई सिधा रातो कार्ड दिइएको थियो।
६६ मिनेटमा मोउमी एगामालेउले ब्वाइजका लागि बराबरी गोल फर्काएका थिए।
दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा ब्वाइजका सिइबाटचेउले गोल गर्दा म्यानचेस्टर स्तब्ध बनेको थियो।
यो समूहको अर्को खेलमा स्पेनिस क्लब भिल्लारियल र इटालियन क्लब भिल्लारियलले २-२ गोलको बराबरी खेलेका छन्।