फिफा विश्वकप २०२२ अन्तर्गत युरोपियन छनोटमा जर्मनीले सानदार जित हात पारेको छ।
जर्मनीले बुधबार राति भएको खेलमा आइसल्यान्डलाई ४-० गोलले पराजित गर्यो। जर्मनीको जितमा गिनर्बी, रुडिगर, साने र वेर्नरले एक एक गोल गरे। जितसँगै समूह ‘जे’ को शीर्ष स्थानमा रहेको जर्मनीको १५ अंक छ।
यता स्पेनले कोसोभोलाई २-० ले हरायो। स्पेनको जितमा फोर्नाल्स र टोरेशले एक एक गोल गरे। समूह ‘बी’ मा रहेको स्पेनले ६ खेलबाट १३ अंक जोडेको छ। दोस्रो स्थानको स्विडेनको ९ अंक छ।
इटालीले पनि अपराजित खेल संख्या ३७ पुर्याउने क्रममा लुथानियालाई ५-० गोलले पराजित गर्यो। इटालीको जितमा किनले दुई गोल गरे भने रास्पाडोसी र लोरेनेजोले एक एक गोल गरे। एक गोल आत्मघाती भएको थियो।
समूह ‘सी’ मा इटाली १४ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको स्विट्जरल्यान्डको १४ अंक छ।
इंग्ल्यान्ड र पोल्यान्डले १-१ गोलको बराबरी खेलेका छन्। ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए पनि पोल्यान्डका स्यामान्स्कीले इन्जुरी टाइममा बराबरी गोल फर्काएका थिए।
समूह ‘आई’ को शीर्ष टिम इंग्ल्यान्डले १६ अंक जोडेको छ। दोस्रो स्थानको आर्मेनियाको १२ र तेस्रो स्थानको पोल्यान्डको ११ अंक छ।