फिफा विश्वकप २०२२ अन्तर्गत युरोपियन छनोटमा नेदरल्यान्ड्सले सानदार जित हात पारेको छ।
नेदरल्यान्ड्सले समूह ‘जी’ को खेलमा मेन्टोनेग्रोलाई ४-० गोलले पराजित गर्यो।
नेदरल्यान्ड्सको जितमा डिपाएले ३८ मिनेटमा पेनाल्टीबाट र ६२ मिनेटमा गरी दुई गोल गरे। यस्तै विन्जाल्डमले ७० मिनेट र गाक्पोले ७६ मिनेटमा गोल गरे।
यो समूहमा नर्वेले लाट्भियाले २-० र टर्कीले जिबाल्टरलाई ३-० गोलले पराजित गरे।
समूहमा टर्की ५ खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको नेदरल्यान्ड्स र तेस्रो नर्वेको समान १०-१० अंक छ।
यता फ्रान्स र युक्रेनले बराबरी खेलेका छन्।
युक्रेनका सापारेन्कोले ४४ मिनेटमा गोल गर्दा फ्रान्सका लागि ५० मिनेटमा मार्सियलले बराबरी गोल गरे।
समूह ‘डी’ मा फ्रान्स ५ खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा छ।
दोस्रो स्थानको फिनल्यान्ड र तेस्रो स्थानको युक्रेनको समान ५-५ अंक छ।