स्पेनिस ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडले फ्रेञ्च फरवार्ड एन्टोनी ग्रिजम्यानसँग सम्झौता गरेको छ।
ग्रिजम्यान एक वर्षको लोन सम्झौतामा बार्सिलोनाबाट एट्लेटिकोमा आबद्ध भएका हुन्।
सम्झौताअनुसार एट्लेटिकोले ग्रिजम्यानको तलब दिने छ भने लोन सम्झौतालाई स्थायी सम्झौतामा परिणत गर्नु पर्ने शर्त राखिएको छ।
उनी सन् २०१९ मा १०७ मिलियन पाउन्डमा एट्लेटिकोबाट बार्सिलोनामा आबद्ध भएका थिए।
उनले बार्सिलोनाबाट १०२ खेलमा ३५ गोल गर्दा कोपा डेल रेको उपाधि मात्र जित्न सके।
त्यसअघि सन् २०१४ देखि २०१९ सम्म एट्लेटिकोबाट खेल्दा उनले २५७ खेलमा १३३ गोल गरेका थिए।
आर्थिक संकटबाट गुज्रिरहेको बार्सिलोनाबाट यो सिजन बाहिरिने ग्रिजम्यान एघारौं खेलाडी हुन्।
यसअघि स्टार खेलाडी लिओनल मेसी बार्सिलोनाबाट फ्रेञ्च क्लब पिएसजीमा आबद्ध भएका थिए।