एमयुएफसी विजय चोक युथ क्लबले आगामी भदौ १० गतेबाट हुने सहिद स्मारक सी डिभिजन छनोट खेल्ने भएको छ।
सन् २०१२ मा गठन भएको एमयुएफसी बेलायती फुटबल क्लब म्यान्चेष्टर युनाइटेडका समर्थकको टोली हो।
सुरूआती दिनमा सातामा विदाको दिन शनिबार क्लवका सदस्यहरू भेला भएर एक आपसमा खेल्ने गर्थे। विस्तारै क्लबमा सदस्यको संख्या बढ्दै गएपछि क्लब गठन गरेर विभिन्न प्रतियोगिताहरूमा सहभागीता जनाएको थियो।
नैकाप गोल्डकप, सटर्स कप लगायत विभिन्न प्रतियोगिताबाट अनुभव बटुलेको क्लबले समुदायमा हुने विकास निर्माण र विकासका लागि सहकार्य गर्दै आएको छ।
क्लबले जनचेतनामुलक विविध कार्यक्रम, स्वास्थ्य सिविर, भूकम्प तथा कोभिड १९ बाट पीडित व्यक्तिलाई खाद्यन्न वितरण गर्नुका साथै कोरोनाको उच्च विन्दुमा आइसोलेशन सेन्टर बनाएरसमेत स्थानीयलाई सहयोग गरेको थियो।
आगामी दिनमा सामाजिक सेवासँगै व्यवसायिक फुटबललाई पनि निरन्तरता दिनका लागि आगामी १० गतेबाट हुने सी डिभिजन लिग खेल्न लागेको क्लबका मेनेजर विवेक थापाले जानकारी दिए।
थापाका अनुसार एमयुएफसी र विजयचोक युथ क्लबबीच सहकार्य गरेर लिग फुटबल खेल्न लागेको हो।
यसैबीच अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक 'सी' डिभिजनको छनौट खेलका लागि एन्फाले खेल तालिका सार्वजनिक गरेको छ। एन्फाले एन्फाले छनौटका लागि खुला आह्वान गरेपछि देशभरका ७८ क्लबले छनोटका लागि दर्ता गराएका छन्।
छनोटका लागि क्लबमा कम्तीमा १८ खेलाडी, प्रशिक्षक र फिजियो हुनुपर्ने प्रावधान एन्फाको छ।
एन्फाले सी डिभिजनको छनौट खेल भदौ १० गतेबाट काठमाडौंमा सुरु गर्ने तयारी गरिरहेको छ। जसमा ७८ टिमलाई २६ समूहमा बाँडिएको छ। यी समूहका सबै खेल कात्तिक ८ गते समापन हुनेछ।
प्रतियोगितामा भ्याक्सिन लगाएका खेलाडीको कोभिड टेस्ट गरिने छैन। प्रतियोगिता दर्शकविहीन हुनेछ।
यस्तो छ समूह
यस्तो छ समूह
समूह ए
- सताशीधाम स्पोर्टिङ क्लब
- हामी दाजुभाइ युथ क्लब
- च्याम्पियन बोइज क्लब
समूह बी
- एफसीए यस
- समाजसेवी क्लब
- गोदावरी युनाइटेड क्लब
समूह सी
- भार्सिटी फुटबल क्लब
- बनेपा बोइज क्लब
- आरसी ३२
समूह डी
- वेस्ट काठमाडौं एफसी
- लिखु भुजी रामेछाप एफसी
- मेहलकुना फुटबल क्लब
समूह ई
- तारकेश्वर युवा क्लब
- अत्तरखेल युवा समाज
- नेपाल स्टार युवा क्लब
समूह एफ
- लगनशील युवा क्लब
- इमाडोल युवा क्लब
- शुभारम्भ युवा समाज
समूह जी
- भुइखेल युवाक्लब
- राजधानी युवा क्लब
- नव समकालिन समाज
समूह एच
- मध्यपुर जागरुक युवा क्लब
- दक्षिणकारी परोपकार क्लब
- दुधौली स्पोर्टस् क्लब
समूह आई
- भक्तपुर फुटबल क्लब
- दिब्येश्वरी फुटबल क्लब
- युथ हसन्तार क्लब
समूह जे
- टू स्टार क्लब
- गोलबजार स्पोर्ट्स क्लब
- बागेश्वरी युवा क्लब
समूह के
- थिमी युवा क्लब
- बिन्दुकेशर युवा क्लब
- स्पोर्टस् एकेडेमी स्याङजा
समूह एल
- साथी समूह
- झापा एफसी
- एमयूएफसी विजय चोक एफसी
समूह एम
- बुद्धभूमि फुटबल एकेडेमी
- चिबहाल युथ क्लब
- सानोगौचरण युथ क्लब
समूह एन
- २८ विगा युथ क्लब
- डाइनामाइट युथ क्लब
- फर्पिङ खेलकुद विकास क्लब
समूह ओ
- पौडोरकोट युवा क्लब
- गोरक्ष युवा क्लब
- नयाँ पाटी युवा क्लब
समूह पी
- मनमैजु फुटबल क्लब
- हिमालय युवा क्लब
- भरतपुर फुटबल क्लब
समूह क्यु
- ढोलाहिटी युथ क्लब
- संयुक्त नमुना युवा क्लब
- चक्रदेवी नमुना समाज
समूह आर
- रामहिटी बड्रा युथ क्लब
- सत्यसंसार रियल वर्ल्ड
- नव इमाडोल युथ क्लब
समूह एस
- चन्द्रगिरी स्पोर्टस्ट एकेडेमी
- रोलिङ क्लब धुलाबारी
- शिवपुरी युथ क्लब
समूह टी
- लक्की स्टार क्लब
- बिराट सांग्रिला युथ क्लब
- नेपालय फुटबल क्लब
समूह यू
- फुटबल फेलोसिप
- विशाला मिलन केन्द्र
- छोङ्गी फुटबल क्लब
समूह भी
- वाग्मती युवा क्लब
- सन्तोष फुटबल क्लब
- न्यु स्टार क्लब
समूह डब्लू
- इराहिटी रानीवन
- एफसी विजय युथ
- भ्याली एगल्स क्लब
समूह एक्स
- चौतारा स्पोर्टिङ क्लब
- रानीवन स्पोर्टिङ क्लब
- राप्ती रिभर युवा क्लब
समूह वाई
- नुवाकोट युनाइटेड एफसी
- अमरसिंह क्लब
- गोकर्णेश्वर एफसी