वायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ।
मंगलबार भएको उपाधि भिडन्तमा बोरुसिया डर्टमन्डलाई ३-१ गोलले पराजित गर्दै वायर्नले उपाधि जितेको हो।
वार्यनका लागि रोबर्ट लेवान्डोस्कीले पहिलो गोल गर्दा थोमस मुलरले दोस्रो गोल गरे।
डर्टमुन्डका लागि मार्को रेउसले ६४ मिनेटमा गोल फर्काए।
१० मिनेटपछि लेवान्डोस्कीले अर्को गोल गरेका थिए।
उनले आफ्नो पूर्व क्लबविरुद्ध २४ गोल गरिसकेका छन्।
पोलिस स्ट्राइकर लेवान्डोस्की सन् २०१० देखि २०१४ सम्म डर्टमन्डमा आबद्ध थिए।