अखिल नेपाल फुटबल संघ (एन्फा) लाई साफ च्याम्पियनसिप आयोजन गर्न औपचारिक प्रस्ताव आएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आगामी अक्टोबरमा १३औं संस्करणको साफ च्याम्पियनसिप गर्न एन्फालाई औपचारिक पत्र पठाएको हो।
साफका महासचिव अनवारूल हकले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै साफ च्याम्पियनसिप आयोजनको प्रस्ताव पठाएका हुन्।
साफ च्याम्पियनसिपको बिस्तृत प्रस्तावका लागि एन्फा तयार भएको महासचिव तुलाधरको भनाइ छ। एन्फाले सो प्रस्ताव स्वीकृतिका लागि पठाउने तुलाधरले बताए।
यसअघि बंगलादेशले कोरोना भाइरसका कारण साफ च्याम्पियनसिपको आयोजकबाट हात झिकेको थियो।
नेपालले यसअघि दुई पटक साफ च्याम्पियनसिप आयोजना गरेको थियो। सन् १९९७ मा र २०१३ मा नेपालले साफ आयोजना गरेको थियो।
साफ च्याम्पियनसिप भारत सर्वाधिक सफल टिम हो। उनले सात पटक उपाधि जितेको छ।। नेपालले भने अहिलेसम्म फाइनलमा पनि पुगेको छैन।