टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरूष फुटबलमा ब्राजिलले जर्मनीलाई ४-२ गोलले पराजित गरेको छ।
यु-२३ टिमबीच प्रतिस्पर्धा हुने ओलम्पिक फुटबलमा ब्राजिलको जितमा रिचार्लीसनले ह्याट्रिक गरे।
उनले खेलको ७, २२ र ३० मिनेटमा गोल गरेका थिए। यस्तै पाउलिन्होले दोस्रो हाफको इन्जुरी टिममा गोल गरे।
जर्मनीका लगि अमिरीले ५७ र एचेले ८४ मिनेटमा गोल गरे।
जितसँगै ब्राजिलले समूह 'डी' मा ३ अंक जोडेको छ। यो समूहको अर्को खेलमा आइभरी कोस्टले साउदी अरेबियालाई २-१ ले पराजित गरेको छ।
यता समूह 'सी' को खेलमा अस्ट्रेलियाले अर्जेन्टिनालाई २-० गोलले पराजित गरेको छ। यो समूहको अर्को खेलमा स्पेन र इजिप्टले गोलरहित बराबरी खेलेका छन्।
यता समूह 'ए' को खेलमा मेक्सिकोले फ्रान्सलाई ४-१ गोलले पराजित गरेको छ। यो समूहको अर्को खेलमा जापानले दक्षिण अफ्रिकामाथि १-० को जित निकालेको छ।