ब्राजिलका राइट ब्याक ड्यानी अल्भेस ट्रफी विजेताका आधारमा हाल खेलिरहेका मध्ये सर्वाधिक सफल फुटबल हुन्।
स्पेनिस महारथी क्लब बार्सिलोनाका पूर्व खेलाडी अल्भेसले ट्रफी जित्नमा लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई पारेका छन्।
अल्भेसले हालसम्म ४२ ट्रफी जितेका छन्। उनले करिअरमा ६ वटा क्लबबाट खेले।
ब्राजिलको बाहिया, स्पेनको सेभिया र बार्सिलोना, फ्रान्सको पिएसजी, इटालीको युभेन्ट्स हुँदै अल्भेस हाल ब्राजिलको साउ पाउलोबाट खेलिरहेका छन्। उनले ६ क्लबाट ३८ ट्रफी जित्दा चार ट्रफी ब्राजिलबाट खेल्दा जितेका छन्।
यता बार्सिलोनाका पूर्व खेलाडी आन्द्रेस इनिस्टा सर्वाधिक ट्रफी जित्ने सूचीमा दोस्रो स्थानमा छन्। ३७ वर्षीया इनिस्टाले पछिल्लो पटक सन् २०२० मा जापानिज सुपर कप जितेका थिए।
हाल फुटबल खेलिरहेका खेलाडीमा सर्वाधिक ट्रफी विजेता पाँच खेलाडी मध्ये चार खेलाडीले बार्सिलोनाबाट फुटबल खेलेका छन्।
सर्वाधिक ट्रफी जित्ने पाँच खेलाडी
ड्यानी अल्भेस
देश : ब्राजिल
हालको क्लब : साउ पाउलो
क्लब ट्रफी : ३८
अन्तर्राष्ट्रिय ट्रफी : ४
जम्मा ट्रफी : ४२
आन्द्रेस इनिस्टा
देश : स्पेन
हालको क्लब : भिसेल कोबे
क्लब ट्रफी : ३४
अन्तर्राष्ट्रिय ट्रफी : ३
जम्मा ट्रफी : ३७
लिओनल मेसी
देश : अर्जेन्टिना
हालको क्लब : फ्री एजेन्ट
क्लब ट्रफी : ३५
अन्तर्राष्ट्रिय ट्रफी : १
जम्मा ट्रफी : ३६
जेरार्ड पिके
देश : स्पेन
हालको क्लब : बार्सिलोना
क्लब ट्रफी : ३३
अन्तर्राष्ट्रिय ट्रफी : २
जम्मा ट्रफी : ३५
क्रिस्टियानो रोनाल्डो
देश : पोर्चुगल
हालको क्लब : युभेन्ट्स
क्लब ट्रफी : ३२
अन्तर्राष्ट्रिय ट्रफी : २
जम्मा ट्रफी : ३४