कोपा अमेरिकामा मंगलबार विहान समूह चरणका अन्तिम खेलहरू हुँदैछन्।
समूह 'ए' अन्तर्गतको खेलमा उरुग्वे र पाराग्वे तथा बोलिभिया र अर्जेन्टिनाबीच खेल हुँदैछन्। दुवै खेल मंगलबार विहान ५:४५ बजे हुनेछ।
समूहबाट अन्तिम आठमा पुग्ने चारै टिमको टुंगो लागिसकेको अवस्था छ। अर्जेन्टिना, पाराग्वे, चिली र उरुग्वेले अन्तिम आठमा स्थान पक्का गरेका छन्। बोलिभिया भने बाहिरिएको छ।
अंक तालिकामा अर्जेन्टिनाले ३ खेलबाट ७ अंक जोडेको छ। दोस्रो स्थानको पाराग्वेको पनि समान खेलबाट ६ अंक छ।
तेस्रो स्थानको चिलीले ४ खेलबाट ५ अंक जोड्दा चौथो स्थानको उरुग्वेले ३ खेलबाट ४ अंक जोडेको छ। तीनै खेलमा पराजित भएको बोलिभियाले अंक जोड्न सकेको छैन।
समूह चरणमा अर्जेन्टिना पहिलो खेलमा चिली १-१ गोलको बराबरीमा रोकिएको थियो। दोस्रो खेलमा अर्जेन्टिनाले उरुग्वे र पाराग्वेलाई समान १-० गोलले पराजित गरेको थियो।
दोस्रो स्थानको पाराग्वेले बोलिभिया र चिलीलाई हराउँदा अर्जेन्टिनासँग हार बेहोरेको थियो।