युरो २०२० मा इंग्ल्यान्ड समूह विजेता र चेक गणतन्त्र उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुगेका छन्।
समूह 'डी' अन्तर्गत इंग्ल्यान्डले चेकलाई १-० ले पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का गरेको हो।
यता हार पछि पनि चेक उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुग्यो।
दुवै टिमले अन्तिम खेलअघि नै अन्तिम १६ मा स्थान बनाइसकेका थिए।
चेकविरुद्ध इंग्ल्यान्डलाई जित दिलाउने क्रममा रहिम स्टर्लिङ गरेको गोल निर्णायक बन्यो। उनले खेलको १२ मिनेटमा गोल गरेका थिए।
अंक तालिकामा इंग्ल्यान्डले ३ खेलबाट ७ अंक जोड्यो। ४ अंक जोड्यो क्रोएसिया पनि अन्तिम १६ मा उपविजेताको रुपमा पुग्यो।
उसले अन्तिम खेलमा स्कटल्यान्डलाई ३-१ ले हरायो। तेस्रो बनेको चेकले ४ अंक जोड्यो। स्कटल्यान्ड भने १ अंक जोड्दै बाहिरियो।