कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले आफ्नो दोस्रो खेलमा उरुग्वे*सँग प्रतिस्पर्धा गर्दैछ।
समूह 'ए' अन्तर्गतको यो खेल शनिबार विहान ५:४५ बजे सुरू हुनेछ।
पहिलो खेलमा अर्जेन्टिना बराबरीमा रोकिएको थियो।
अर्जेन्टिनालाई पहिलो खेलमा चिलीले १-१ गोलको बराबरीमा रोकेको थियो। खेलमा मेसीले अग्रता दिलाए पनि चिलीका भार्गासले बराबरी गोल फर्काएका थिए।
उरुग्वेको भने यो पहिलो खेल हो।
त्यसअघि शनिबार विहान २:४५ बजे पाराग्वे र चिलीबीच खेल हुनेछ। पाराग्वेले पहिलो खेलमा जित हात पारेको थियो।बोलिभियामाथि ३-१ को जित निकाल्ने क्रममा पाराग्वेका रोमेरोले दुई गोल गरेका थिए।
चिलीले भने पहिलो खेलमा अर्जेन्टिनासँग बराबरी खेलेको थियो।
जारी प्रतियोगिताको समूहमा 'बी'मा आयोजक ब्राजिलले लगातार दोस्रो जित हात पार्ने क्रममा शुक्रबार पेरुलाई ४-० गोलले पराजित गरेको थियो।
*सच्चाइएको