कोपा अमेरिका फुटबल प्रतियोगिता २०२१ का लागि अर्जेन्टिनाले राष्ट्रिय टिम घोषणा गरेको छ।
अर्जेन्टिनाले शुक्रबार २६ सदस्यीय टिम घोषणा गरेको हो।
कोपामा अर्जेन्टिनाले पहिलो खेल आगामी जुन १५ विहान २:४५ मा चिलीसँग प्रतिस्पर्धा गर्दैछ।
कोपा अमेरिका आगामी शनिबार रातिबाट सुरु हुँदैछ।
प्रतियोगितामा साविक विजेता ब्राजिल समूह 'बी' मा छ। यो समूहमा ब्राजिलसहित कोलम्बिया, भेनेजुएला, इक्वेइडर र पेरु छन्।
समूह 'ए' मा अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली र पाराग्वे छन्।
प्रतियोगिताको उद्घाटन खेल आगामी शनिबार मध्यराति २:४५ बजे आयोजक ब्राजिल र भेनेजुएलाबीच खेल हुनेछ।
दुई समूहका चार-चार टिम क्वार्टरफाइनल पुग्ने प्रावधान छ।
कोपाका लागि अर्जेन्टिनाको टिम
गोलकिपर : फ्रान्को अर्मानी, एलिमियानो मार्टिनेज, जुवान मुस्सो, अगस्टिन मार्चेसिन
डिफेन्डर : गोन्जालो मोन्टिल, निकोलास ओटामेन्डी, जर्मन पेजाल्ला, निकोलास टाग्लियाफिको, लुकास मार्टिनेज, मार्कोस अकुना, लिसान्द्रो मार्टिनेज, नहुइल मोलिना, क्रिस्टियन रोमेरो
मिडफिल्डर : लिएन्द्रो परेडेस, जिओभानी ले सेल्सो, पालाकोइस, निकोलास गोन्जालेज, गुइडो रोद्रिगेज, रोद्रिगो डे पाउल, अलेजान्द्रो गोमेज, एन्जेल कोरिआ, निकोलास डोमिन्ज्युज
फरवार्ड : लिओनल मेसी, लाउटारो मार्टिनेज, एन्जेल डि मारिया, जोआक्विन कोरिआ, सर्जियो अग्युरो, लुकास एलारियो