कोपा अमेरिका फुटबल प्रतियोगिता २०२१ ब्राजिलमा गर्ने निर्णयलाई ब्राजिलियन राष्ट्रिय टिमले विरोध गरेको छ।
विश्वकप छनोटअन्तर्गत इक्वेइडरविरुद्धको खेलपछि ब्राजिलियन कप्तान कासेमिरोले विरोध गरेका हुन्।
उनले खेलपछि प्रशिक्षक टिटेसहितका राष्ट्रिय टिमका खेलाडीको एकै स्वर हुने बताएका हुन्।
आगामी जुन ८ मा पाराग्वेविरुद्धको खेलपछि आधिकारिक धारणा सार्वजनिक गर्ने उनले बताए।
यसअघि प्रशिक्षक टिटेले ब्राजिलमा हुने कोपाको विरोधमा केही खेलाडीले राष्ट्रिय टिमबाट नखेल्ने बताएका थिए।
कोरोना भाइरसका कारण ब्राजिलमा मृत्यु हुने संख्या बढिरहेको बेला कोपा आयोजना गर्नु उचित नहुने खेलाडीको भनाइ छ।
खेलाडीहरुले देशले फुटबललाई भन्दा बढी ध्यान जनताको स्वास्थ्यलाई दिनु पर्ने भनाइ राख्दै आएका थिए।
यसअघि अर्जेन्टिना र कोलम्बियामा हुने भनिएको कोपा अघिल्लो साता मात्र ब्राजिलमा आयोजना हुने पक्का भएको थियो।
कोलम्बियामा राजनीतिक आन्दोलन चर्किएपछि सहआयोजकबाट हटाइएको थियो।
अर्जेन्टिनामा भने कोरोना कारण प्रतियोगिता हुन नसक्ने बताइएको थियो।
तर ब्राजिलियन सरकारले कोरोनाको प्राथमिकता दिनुको सट्टा कोपा आयोजनाको पहल गरेको भन्दै कतिपियले असन्तुष्टि जनाइरहेका छन्।
कोपा अमेरिका आगामी जुन १३ देखि ब्राजिलका चार सहरमा हुने तय छ।