कोलम्बियालाई कोपा अमेरिका २०२१ को सहआयोजबाट हटाइएको छ। कोलम्बियामा जारी बिरोधपछि सहआयोजकबाट हटाइएको हो।
कोपा अमेरिकाको १०५ वर्षको इतिहासामा पहिलो पटक कोलम्बिया र अर्जेन्टिनामा कोपा अमेरिका फुटबल प्रतियोगिता आयोजना हुँदै थियो।
१० टिमबीच हुने प्रतिस्पर्धा आगामी १३ जुन देखि १० जुलाईसम्म हुँदैछ।
दक्षिण अमेरिकन फुटबल महासंघले विरोधका कारण कोलम्बियामा कोपाका खेल हुन नसक्ने बताएको हो।
अब अर्जेन्टिनालाई प्रतियोगिताका सबै खेल आयोजना गर्न प्रस्ताव गरिएको छ।
कोलम्बियामा गत अप्रिलदेखि सरकारले ल्याएको नयाँ कर योजनाको विरोधमा प्रदर्शन भइरहेको छ।