करिम बेन्जिमा ६ वर्षपछि फ्रान्सको राष्ट्रिय फुटबल टिममा समावेश भएका छन्।
युरो कपका लागि घोषणा गरिएको फ्रान्सको २६ सदस्यीय टिममा स्ट्राइकर बेन्जिमालाई पनि सामवेश गरिएको हो।
उनले सन् २०१५ देखि फ्रान्सको राष्ट्रिय टिमबाट खलेका छैनन्।
आफ्नो साथीलाई भिडियो खिँचेर धम्क्याएको आरोप लागेपछि उनी राष्ट्रिय टिमबाट निलम्बनमा परेका थिए।
जसका कारण स्पेनिस क्लब रियल म्याड्रिडबाट खेल्दै आएका ३३ वर्षीय बेन्जिमाले युरो कप २०१६ र फिफा विश्वकप २०१८ मा राष्ट्रिय टिममा स्थान पाएनन्।
बेन्जिमाले फ्रेन्च राष्ट्रिय टिमबाट ८१ खेल खेल्दा २७ गोल गरेका छन्। उनले यो सिजनमा रियलका लागि २९ गोल गरे।
युरो कपमा फ्रान्स समूह 'एफ' मा छ। यो समूहमा फ्रान्ससँगै हंगेरी, पोर्चुगल र जर्मनी छन्। फ्रान्सले आफ्नो पहिलो खेल आगामी १५ जुनमा जर्मनीसँग खेल्नेछ।
फ्रेन्च टिम
गोलकिपर : हुगो लोरिस (टोटेनहम), माइक माइग्नन (लोक्स), स्टिभ मान्डान्डा (मार्सेली)
डिफेन्डर : लुकास डिग्ने (इभर्टन), लियो डुबोइस (लियोन), लुकास हर्नान्डेज (वायर्न म्युनिख), प्रेसनल किम्पेम्बे (पिएसजी), जुलेस कुन्डे (सेभिया), क्लेमेन्ट लेङलेट (बार्सिलोना), बेन्जामिन पभार्ड (वायर्न म्युनिख), राफयल भरान (रियल म्याड्रिड), कुर्ट जोउमा (चेल्सी)
मिडफिल्डर : एन'गोलो कान्टे (चेल्सी), थोमस लेमार (एट्लेटिको म्याड्रिड), पाउल पोग्बा (म्यानचेस्टर युनाइटेड), एड्रियन रबिओट (युभेन्ट्स), माउसा सिसोको (टोटेनहम), कोरेन्टिन तोलिसो (वायर्न म्युनिख)
फरवार्ड : विसम बने यडर (मोनाको), करिम बेन्जिमा (रियल म्याड्रिड), किङ्ग्ले कोमन (वायर्न म्युनिख), उस्मान डेम्बेले (बार्सिलोना), ओलिभर जिरुड (चेल्सी), एन्टोनी ग्रिजम्यान (बार्सिलोना), केलियन एमबाप्पे (पिएसजी), मार्कस थुराम (बोरुसिया मुन्छेनग्लाबाख)