लेस्टर सिटीले पहिलो पटक एफए कपको उपाधि जित्दै इतिहास बनाएको छ।
शनिबार राति भएको फाइनल भिडन्तमा चेल्सीलाई १-० गोलले पराजित गर्दै लेस्टर च्याम्पियन बनेको हो।
लेस्टरको जितमा बेल्जियन मिडफिल्डर युरी टिलेमान्सले निर्णायक गोल गरे।
उनले खेलको ६३ मिनेटमा थोमसले उपलब्ध गराएको पासमा गोल गरेका थिए।
खेलको अन्त्यतिर चेल्सीले गोल गरे पनि भिएआरमार्फत गोल दिइएन।
लेस्टरले पहिलो पटक फाइनल पुग्दा उपाधि जित्न सफल भएको हो।