वायर्न म्युनिखले लगातार नवौं सिजन जर्मन बुन्डेस लिगाको उपाधि जितेको छ।
शनिबार दोस्रो स्थानको आरबी लाइपजिग पराजित भएपछि वायर्नले तीन खेलअघि सिजनको उपाधि जितेको हो।
दोस्रो स्थानको लाइपजिगलाई बोरुसिया डर्टमुन्डले ३-२ गोलले पराजित गर्यो।
शीर्ष स्थानको म्युनिखले ३१ खेलबाट ७१ अंक जोडेको छ भने दोस्रो स्थानको लाइपजिगको ३२ खेलबाट ६४ अंक मात्र छ।
अन्तिम दुई खेलअघि शीर्ष स्थानको वायर्नसँग ७ अंकले पछि परेसँगै लाइपजिगको उपाधि यात्रा सकिएको हो।
वायर्नले अहिले बोरुसिया मुन्छेनग्लाडबाखसँग खेलिरहेको छ। यो खेलअघि वायर्न च्याम्पियन बनेको हो।