स्पेनिस ला लिगाको उपाधि भिडन्त रोमाञ्चक मोडमा पुगेको छ। उपाधि होडमा अहिले पनि चार टिम रहेका छन्।
शनिबार राति भएको खेलमा शीर्ष दुई टिमले जित हात पारे।
शीर्ष स्थानको एट्लेटिक म्याड्रिडले इल्चेलाई १-० गोलले पराजित गर्यो। दोस्रो स्थानको रियल म्याड्रिडले शनिबार नै ओसासुनामाथि २-० गोलको जित निकाल्यो।
अंक तालिकामा शीर्ष स्थानको एट्लेटिको म्याड्रिडको ३४ खेलबाट ७६ अंक छ। दोस्रो स्थानको रियल म्याड्रिडको ७४ अंक छ। उपाधि होडमा रहेका तेस्रो स्थानको बार्सिलोनाको ७१ अंक र सेभियाको ७० अंक छ। बार्सिलोना र सेभियाले एकएक खेल कम खेलेका छन्।
बार्सिलोनाले आइतबार राति भ्यालेन्सियाविरुद्ध खेल्दैछ भने सेभियाले सोमबार एथ्लेटिक बिल्बाओसँग प्रतिस्पर्धा गर्दैछ।
दुवै टिमले जित हात पारेको अवस्थामा अंक तालिकामा शीर्ष चार टिमको अन्तर तीन अंकको मात्र हुनेछ।
यो अवस्थामा चार चरणको खेल बाँकी छदा शीर्ष स्थानको एट्लेटिकोको ७६ अंक, रियल म्याड्रिड र बार्सिलोनाको ७४-७४ अंक र सेभियाको ७३ अंक हुनेछ।
उपाधि होडमा ८ मेमा हुने बार्सिलोना र एट्लेटिको म्याड्रिडबीच हुने खेल निर्णायक हुन सक्छ। सो खेलमा एट्लेटिकोले जित हात पारे उसको उपाधि यात्रा बलियो हुनेछ। बार्सिलोना विजयी भए उपाधि होड थप रोमाञ्चक बन्नेछ।
यस्तै ९ मेमा सेभिया र रियल म्याड्रिडबीचको खेलले पनि ला लिगाको उपाधि होडलाई थप निर्णायक बनाउनेछ। खेलमा जित हात पार्ने टिम उपाधि यात्रामा बलियो र आत्मविश्वासी बन्नेछ।
यी बाहेक अन्य खेलमा शीर्ष चारमा रहेका मध्ये एक टिमले अंक गुमाए अर्को टिमलाई फाइदा पुग्नेछ।
एट्लेटिको म्याड्रिडको बाँकी खेल
बार्सिलोनाविरुद्ध - अवे - ८ मे
रियल सोसिडाडविरुद्ध - होम - १२ मे
ओसासुनाविरुद्ध - होम- १६ मे
रियल भालडोलिडविरुद्ध- अवे - २३ मे
रियल म्याड्रिडको बाँकी खेल
सेभियाविरुद्ध - होम - ९ मे
ग्रानडाविरुद्ध -अवे - १३ मे
एथ्लेटिक बिल्बाओविरुद्ध - अवे - १६ मे
भिल्लारियलविरुद्ध - होम- २३ मे
बार्सिलोनाको बाँकी खेल
भ्यालेन्सियाविरुद्ध - अवे - २ मे
एट्लेटिको म्याड्रिडविरुद्ध - होम- ८ मे
लेभान्तेविरुद्ध - अवे - ११ मे
सेल्टा भिगोविरुद्ध - होम - १६ मे
एइबारविरुद्ध -अवे - २३ मे
सेभियाको बाँकी खेल
एथ्लेटिक बिल्बाओविरुद्ध - होम - ३ मे
रियल म्याड्रिडविरुद्ध - अवे - ९ मे
भ्यालेन्सियाविरुद्ध - होम - १२ मे
भिल्लारियलविरुद्ध - अवे - १६ मे
अलाभेसविरुद्ध - होम - २३ मे