इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुल बराबरीमा रोकिएको छ।
सोमबार राति भएको खेलमा लिभरपुललाई लिड्स युनाइटेडले १-१ गोलको बराबरीमा रोकेको हो।
खेलको ३१ मिनेटमा लिभरपुलले साडियो मानेको गोलबाट अग्रता लिएको थियो।
मानेलाई गोल गर्न एलेकजेन्डर अर्नोल्डले पास उपलब्ध गराएका थिए।
खेल सकिन तीन मिनेट बाँकी छदा लिड्सले बराबरी गोल फर्कायो। लिड्सका लगि लोरेन्टेले ह्यारिसनको पासमा गोल गरे।
बराबरीसँगै लिभरपुलको शीर्ष चारमा पर्ने सम्भावना कठिन बन्दै गएको छ। अंक तालिकामा लिभरपुल ३२ खेलबाट ५३ अंक जोडेर छैटौं स्थानमा छ।
एक खेल कम खेलेको पाँचौ स्थानको चेल्सीको ५४ अंक छ भने चौथो स्थानको वेस्ट ह्यामको ५५ अंक छ। लिड्स भने ४६ अंक जोडेर दशौं स्थानमा छ।