युरोपा लिगअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड विजयी भएको छ।
युनाइटेडले बिहीबार राति भएको खेलमा घरेलु टिम स्पेनिस क्लब ग्रानडालाई २-० गोलले हरायो।
युनाइटेडको जितमा रास्फोडले ३१ मिनेटमा पहिलो गोल गर्दा ब्रुनो फर्नान्डेजले ९० मिनेटमा पेनाल्टीबाट दोस्रो गोल गरे।
यता अर्को खेलमा इटालियन क्लब रोमाले नेदरल्यान्ड्सको अयाक्सलाई २-१ गोलले पराजित गर्यो।
क्रोएसियन क्लब डाइनमो जग्रेबमाथि भिल्लारियलले १-० गोलको जित हात पार्यो।
इंग्लिस क्लब आर्सनललाई भने स्लाभिया प्रागले १-१ गोलको बराबरीमा रोक्यो।