१८औँ संस्करणको आहा रारा गोल्डकप आजदेखि पोखरामा सुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब भिड्दैछन् । खेल पोखरा रंगशालामा ३ बजे सुरु हुनेछ।
प्रतिष्ठित ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुन लागेको हो ।
‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा एक विदेशीसहित आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजक सहारा क्लबले जनाएको छ ।
विगतमा १० देखि १२ टोलीको सहभागिता रहेन आहा रारामा यसपटक भने कोरोना महामारीका कारण ८ वटा टोलीले भाग लिएको आयोजकले जानकारी दिएको छ।
कोरोना विश्वमा प्रवेश गरिरहँदा समेत सामना गर्दै गत वर्ष प्रतियोगिता आयोजना गरेको सहारा क्लब पोखराले १९ औं संस्करणको आयोजनाको तयारीलाई तीब्र पारेको छ।
देशको विषम परिस्थितिमा समेत आयोजना हुदैँ आएको प्रतियोगितामा यो वर्ष पनि एक विदेशी टिमले सहभागिता जनाउने शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दीसहित नेपाल पुलिस क्लब, थ्रीस्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रुट एसोएसन डउला क्यामरून र आयोजक सहारा क्लब सहभागि हुनेछन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख एक हजार रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख १ हजार रुपैँया प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले अप्रिला स्कुटर प्राप्त गर्नेछन्।