फिफा विश्वकप २०२२ को युरोपियन छनोटमा पोर्चुगलले कठिन जित हात पारेको छ।
पोर्चुगलले समूह 'ए' को खेलमा अजरबैजानलाई १-० गोलले हरायो। पोर्चुगलले आत्मघाती गोलको साहरामा जित निकालेको हो।
खेलको ३७ मिनेटमा मेडभेदेवले आफ्नै पोस्टमा गोल गरेका थिए।
यता विश्व विजेता फ्रान्स बराबरीमा रोकिएको छ। फ्रान्सलाई युक्रेनले १-१ गोलको बराबरीमा रोकेको हो।
समूह 'डी' को खेलमा फ्रान्सका लागि ग्रिजम्यानले १९ मिनेटमा गोल गरेका थिए।
५७ मिनेटमा फ्रान्सका किमपेल्बेले आफ्नै पोस्टमा गोल गर्दा युक्रेनलाई फाइदा पुग्यो।
यता नेदरल्यान्ड्सलाई टर्कीले ४-२ गोलले पराजित गरेको छ।
टर्कीको जितमा एलमाजले ह्याट्रिक गरे। उनले १५, ३४ र ८१ मिनेटमा गोल गरे।