इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुलले आइतबार भएको खेलमा वेस्ट हम युनाइटेडलाई ३-१ गोलले पराजित गरेको छ।
लिभरपुलको जितमा मोहमद सलाहले खेलको ५७ र ६८ मिनेटमा गरी दुई गोल गरे। ८४ मिनेटमा लिभरपुलका लगि विज्नाल्डमले तेस्रो गोल गरेका थिए।
यता चेल्सीले वर्नलीलाई २-० गोलले हरायो।
टोटनेहम भने ब्राइटनसँग १-० गोलले पराजित भएको छ।
जितसँगै लिभरपुल अंक तालिकामा २१ खेलबाट ४० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ।
शीर्ष स्थानको म्यानचेस्टर सिटीको २० खेलबाट ४४ अंक छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड २१ खेलबाट ४१ अंक छ।
टोटेनहम २० खेलबाट ३३ अंक जोडेर छैटौं र चेल्सी २१ खेलबाट ३३ अंक नै जोडेर सातौं स्थानमा छ।