स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगितामा रियल म्याड्रिड अन्तिम ३२ बाटै बाहिरिएको छ।
रियल बुधबार राति भएको खेलमा तेस्रो डिभिजनको क्लब एल्कोयानोसँग २-१ गोलले पराजित भयो।
खेलको ४५ मिनेटमा मिलिटाओको गोलबाट रियलले अग्रता लिएको थियो।
तर ८० मिनेटमा एल्कोयानोका सोल्बेसले बराबरी गोल फर्काए।
निर्धारित समयको खेल बराबरीमा सकिएपछि थप समयमा एल्कोयानो १० खेलाडीमा सीमित बन्यो।
लोपेज ओलिभन ११० मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए।
११५ मिनेटमा एल्कोयानोले अग्रता लियो। उसका लागि कासानोभाले गोल गरे।
१९ पटकको कोपा डेल रे विजेता रियलले विगत सात वर्षदेखि प्रतियोगिताको उपाधि जित्न सकेको छैन।
यस्तै १९९३ देखि उसले दुई पटक मात्र उपाधि जितेको छ।