म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा वर्नलीमाथि १-० गोलको जित निकाल्दै युनाइटेड शीर्ष स्थानमा उक्लिएको हो।
युनाइटेडको जितमा पाउल पोग्बाले गरेको गोल निर्णायक बन्यो। पोग्बाले खेलको ७१ मिनेटमा मार्कस रास्फोडले पासमा गोल गरेका थिए।
खेलमा वर्नलीले एक पनि प्रहार पोस्टमा गर्न सकेन।
यता एभर्टनले वुल्भ्समाथि २-१ को जित निकालेको छ। सेफिल्ड युनाइटेडले न्युकासललाई १-० ले पराजित गर्यो।
लिगको अंक तालिकाको शीर्ष स्थानमा पुगेको म्यानचेस्टर युनाइटेडले १७ खेलबाट ३६ अंक जोडेको छ।
दोस्रो स्थानको लिभरपुलको समान खेलबाट ३३ अंक छ। तेस्रो स्थानको लेस्टर र चौथो स्थानको एभर्टनको समान ३२-३२ अंक छ।
पाँचौ स्थानको टोटेनहम, छैटौं स्थानको म्यानचेस्टर सिटी र सातौं स्थानको साउथह्याम्टनले समान २९-२९ अंक जोडेका छन्। टोटेनहमले १६ र म्यानचेस्टर सिटीले १५ खेल खेलेका छन्।