प्रिमियर लिगका प्रतिद्वन्द्वी क्लब लिभरपुल र म्यानचेस्टर युनाइटेडबीच सिजनको एफए कपको चौथो चरणमै प्रतिस्पर्धा हुने भएको छ। खेल युनाइटेडको घरेलु मैदानमा हुनेछ।
सोमबार सार्वजनिक गरिएको ड्रअनुसार चौथो चरणका खेलहरु २३ र २४ जनावरीमा हुनेछन्।
एएफ कपको साविक विजेता आर्सनलले चौथो चरणमा साउथह्याम्पटन र श्रेवसबरीबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने भएको छ।
आर्सनल कपको उपाधि सर्वाधिक १४ पटक जित्ने क्लब हो।
म्यानचेस्टर सिटीले चेल्टनहम टाउनसँग प्रतिस्पर्धा गर्ने भएको छ।
चेल्सीले दोस्रो श्रेणीको लुटन टाउन र टोटेनहमले वाएकोम्बेसँग खेल्नेछन्।