जर्मन बुन्डेस लिगाको साविक विजेता वायर्न म्युनिखलाई सिजनको दोस्रो खेलमै झड्का लागेको छ।
वार्यनलाई आइतबार भएको खेलमा होफेनहाइमले ४-१ गोलले पराजित गर्यो।
युरोपियन च्याम्पियन तथा जर्मन च्याम्पियनविरुद्ध पहिलो चार गोल गरेको होफेनहाइम लगातार दोस्रो जित निकालेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
होफेनहाइमले खेलको १६ मिनेटमा बिकाकिकको गोलबाट अग्रता लियो। २४ मिनेटमा डबाउरले अग्रता दोब्बर पारे।
वायर्नका लागि ३६ मिनेटमा किमिचले गोल गरेका थिए। जससँगै उसले होफेनहाइमको अग्रता २-१ मा झार्यो।
होफेनहाइमले दोस्रो हाफमा थप दुई गोल गर्यो। क्रामरिकले ७७ मिनेटमा तेस्रो गरेका थिए। इन्जुरी टाइममा पनि उनै क्रामरिकले पेनाल्टीबाट गोल गरेपछि होफेनहाइमले ४-१ गोलको जित निकाल्न सफल भयो।
खेलमा वायर्नले स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई पहिलो रोजाइमा खेलाएन। लेवान्डोस्की ५७ मिनेटमा मैदान छिरेका थिए। त्यतिबेला वायर्न खेलमा २-१ ले पछि परेको स्थिति थियो।