अर्टुरो भिडाल इटालियन क्लब इन्टर मिलानमा आबद्ध भएका छन्। चिलीका मिडफिल्डर भिदाल स्पेनिस क्लब बार्सिलोनाबाट मिलान गएका हुन्।
उनीसँग १ मिलियन युरोको सम्झौता मंगलबार पूरा भएको हो।
भिदाल सन् २०१८ मा बार्सिलोनामा आबद्ध भएका थिए। उनले दुई सिजनमा बार्सिलोनाका लागि ६६ खेल खेल्दा ११ गोल गरे।
त्यसअघि उनले जर्मन च्याम्पियन वायर्न म्युनिखबाट खेलेका थिए। म्युनिखमा उनले २०१५ देखि २०१८ सम्म ७९ खेल खेलेका थिए।
उनले सन् २०११ देखि २०१५ मा इटालीयन च्याम्पियन युभेन्ट्सबाट खेलेका थिए। उनले चार सिजनमा युभेन्ट्सका लागि १२४ खेल खेल्दा ३५ गोल गरेका थिए।
युरोपियन करिअर उनको जर्मन क्लब वायर लेभरकुजेनबाट सुरु भएको थियो। सन् २००७ देखि २०११ सम्म क्लबबाट उनले १२४ खेलमा १५ गोल गरे।