युरोपा लिगको क्वार्टरफाइनलमा पुग्ने ८ वटै टिमको टुंगो लागेको छ।
बिहीबार अन्तिम १६ का चार खेलको विजेताको टुंगो लागेसँगै अन्तिम ८ को समिकरण पूरा भएको हो।
बिहीबार इंग्लिस क्लब वुल्भ्सले ग्रिक क्लब ओलम्पियाकसलाई १-० ले हरायो। पहिलो लेगमा १-१ को बराबरी खेलेको वुल्भ्स समग्रमा २-१ ले विजयी हुँदै अन्तिम ८ मा पुग्यो।
अन्य खेलमा वायर लिभरकुजेनले रेन्जर्सलाई, सेभियाले रोमालाई र बासेलले फ्रान्कफर्टलाई पराजित गरेर अन्तिम ८ मा स्थान पक्का गरे।
अब अन्तिम ८ मा इन्टर मिलान र लिभरकुजेन तथा म्यानचेस्टर युनाइटेड र कोपनहगेनबीच खेल हुनेछ। दुवै खेल सोमबार हुनेछ।
यस्तै शख्तर डोनेट्स्क र बासेल तथा वुल्भ्स र सेभियाबीच प्रतिस्पर्धा हुनेछ। यी दुई खेल मंगलबार हुनेछ।
अन्तिम ८ का चारै खेल जर्मनीमा नकआउटका आधारमा हुनेछ भने रंगशालामा दर्शकलाई प्रवेश निषेध गरिएको छ।