जोसे माउरिन्होले प्रिमियर लिगमा प्रशिक्षकको रुपमा २००औं जित हात पारेका छन्। सोमबार राति एभर्टनलाई टोटनह्यामले १-० ले पराजित गरेपछि माउरिन्होले प्रिमियर लिगमा २००औं जितको स्वाद चाखेका हुन्।
यसअघि चेल्सी र म्यानचेस्टर युनाइटेडको प्रशिक्षक रहेका माउरिन्हो प्रिमियर लिगमा २ सय जित पार गर्ने पाँचौ प्रशिक्षक हुन्।
टोटनह्यामले जितका लागि आत्मघाती गोलको साहारा लियो। खेलको २४ मिनेटमा एभर्टनका मिकेल केनले आफ्नै पोस्टमा गोल गरेपछि टोटनह्यामलाई फाइदा पुगेको थियो।
जितपछि टोटनह्याम अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ। टोटनह्यामले ३३ खेलबाट ४८ अंक बटुलेको छ। सातौं स्थानको आर्सनलको ४९ अंक रहेको छ।
यता एभर्टन ४४ अंक जोडेर एघारौं स्थानमा छ।