रोमाञ्चक जित निकाल्दै आर्सनल एफए कपको सेमिफाइनलमा पुगेको छ।
आइतबार साँझ भएको क्वार्टरफाइनलमा सेफिल्ड युनाइटेडलाई २-१ ले हराएर आर्सनलले अन्तिम चारमा स्थान पक्का गरेको हो।
खेलको २५ मिनेटमा आर्सनलले निकोलास पेपेको पेनाल्टी गोलबाट अग्रता लियो।
सेफिल्डले निर्धारित समय सकिन ३ मिनेट बाँकी छदा बराबरी गोल फर्कायो। उसका लागि म्याकगोल्डरिकले ८७ मिनेटमा गोल गरे।
तर आर्सनलका लागि ड्यानी सेवालोसले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दा टिमले रोमाञ्चक जित हात पार्न सफल भयो।
कपमा यसअघि म्यानचेस्टर युनाइटेडले नर्विच सिटीलाई २-१ गोलले पराजित गरेर अन्तिम चारमा स्थान पक्का गरेको थियो।