अखिल नेपाल फुटबल संघ (एन्फा) ले १२ जिल्ला फुटबल संघ र १२ क्लबका लागि राहत उपलब्ध गराएको छ।
अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफाले कोरोना भाइरस प्रभावित आफ्ना फुटबल संघलाई राहत उपलब्ध गराउने निर्णय गरेसँगै एन्फाले १ लाख डलर बाढ्ने निर्णय गरेको थियो। जसमध्येएन्फाले पहिलो चरणमा १२ जिल्ला र १२ क्लबलाई राहत उपलब्ध गराएको हो।
एन्फाले क्लब र जिल्लालाई ७५-७५ हजार रुपैयाँ प्रदान गर्यो। क्लब र जिल्लाको निवेदन अध्ययन गरेपछि राहत दिएको एन्फाको भनाइ छ।
एन्फाले राहत लिनका लागि बाँकी क्लब र जिल्लालाई प्रक्रियामा जान अनुरोध गरेको छ।
फिफामा प्राप्त राहत एन्फाले ४८ जिल्ला फुटबल संघ, ४ समिति, १४ ए डिभिजनका क्लबहरु, १२ बी डिभिजनका क्लब, १४ सी डिभिजनका क्लब, एन्फामा आवद्ध रहेका सबै तहका एन्फाका प्रशिक्षक तथा कर्मचारी, शहिद स्मारक ए डिभिजन संचालन गर्ने रेफ्रि र रेफ्रि एसेशरलाई प्रदान गर्ने निर्णय गरेको थियो।
नेपाली राष्ट्रिय महिला तथा पुरुष फुटबल टिमका ३५-३५ जनालाई जनही १५ हजार रुपैयाँ खुराक खर्च प्रदान गर्ने पनि एन्फाको निर्णय छ।