कोरोना भाइरसपछि फर्किएको इटालियन सिरि 'ए' मा इन्टर मिलानले जित हात पारेको छ। इन्टरले आइतबार राति भएको खेलमा साम्पडोरियालाई २-१ गोलले पराजित गरेको हो।
इन्टरका लागि पहिलो गोल रोमेलु लुकाकुले गरे। इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर लुकाकुले खेलको १०औं मिनेटमा गोल गरे।
गोल गरेपछि उनले घुँडा टेकेर 'ब्ल्याक लाइफ म्याटर' अभियानलाई साथ दिएका थिए। लुकाकुले जारी सिजनमा १८औं लिग गोल गरेका हुन्।
इन्टरका लागि दोस्रो गोल मार्टिनेजले खेलेको ३३ मिनेटमा गरेका थिए। साम्पडोरियाका थोर्सबीले ५२ मिनेटमा गोल फर्काए पनि त्यो सान्त्वनामै सीमित बन्यो।
लिगमा तेस्रो स्थानको इन्टरको २४ खेलबाट ५४ अंक छ। शीर्ष स्थानको युभेन्ट्सले एक खेल बढी खेलेर ६० अंक बटुल्दा दोस्रो स्थानको लाजियो पनि समान खेलबाट ५९ अंक छ।