इंग्लिस प्रिमियर लिगमा रेलिगेशनबाट बच्न संघर्षरत ब्राइटनले आर्सनलमाथि रोमाञ्चक जित हात पारेको छ।
ब्राइटनले शनिबार भएको खेलमा आर्नसललाई २-१ गोलले पराजित गरेको हो।
अन्तिम समयसम्म १-१ गोलको बराबरीमा रहेको खेलमा ब्राइटनका पाउपेले निर्णायक गोल गरेका थिए। उनले दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरेका थिए।
त्यसअघि खेलमा अग्रता भने आर्सनलले लिएको थियो। आर्सनलका लागि पेपेले ६८ मिनेटमा गोल गरेका थिए।
तर ७५ मिनेटमा डङ्कले ब्राइटनका लागि बराबरी गोल फर्काउन सफल भए।
खेलमा आर्सनलका गोलकिपर लेनो घाइते हुँद स्ट्रेचरमा राखेर मैदान बाहिर ल्याउनु परेको थियो।
लिगमा महत्वपूर्ण जित हात पारेको ब्राइटनले अंक तालिकामा १५औं स्थानमा रहने क्रममा ३२ अंक जोडेको छ। आर्सनल भने ४० अंक जोडेर नवौं स्थानमा छ।
यता दिनको पहिलो खेलमा रेलिगेशनबाट बच्च संघर्ष गरिरहेको वाटफोर्डले तेस्रो स्थानको लेस्टर सिटीसँग बराबरी खेलेको छ।