स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका फरवार्ड डिएगो कोस्टालाई कर छलीको अभियोगमा दोषी ठहर गरिएको छ।
कोस्टाले सन् २०१४ मा इंग्लिस क्लब चेल्सीसँग सम्झौता गर्दा कर छली गरेको ठहर गर्दै ५ लाख ४३ हजार युरो जरिवाना गरिएको छ।
उनलाई ६ महिनाको जेल सजाय पनि सुनाइएको छ। तर स्पेनमा गम्भिर अपराध बाहेकका अन्य कसुरमा २ वर्षभन्दा कम सजायमा जेल बस्नु पर्दैछ। जेलको सट्टा थप जरिवाना तिर्नु नियमअनुरुप उनले ३६ हजार ५ सय युरो जरिवाना बुझाउनु पर्नेछ।
कोस्टा जुलाई २०१४ मा एट्लेटिको म्याड्रिडबाट चेल्सीमा ३२ मिलियन युरोमा आबद्ध भएका थिए। उनी सन् २०१७ मा चेल्सी छाडेर फेरि एट्लेटिकोमा आबद्ध भएका थिए।
स्पेनमा कर छली कसुरमा दोषी ठहर हुने कोस्टा पछिल्ला खेलाडी हुन्। यसअघि बार्सिलोनाका फरवार्ड लिओनल मेसीलाई सन् २०१७ मा २ लाख ५२ हजार युरो जरिवाना गरिएको थियो।
यस्तै क्रिस्टियानो रोनाल्डोलाई पनि १८.८ मिलियन युरो जरिवना गरिएको थियो।