फ्रेञ्च क्लब लियोनका अध्यक्ष जिन मिकेल अउलासले फ्रेञ्च लिग वान रद्द गर्ने निर्णय पुनर्विचर गर्न फ्रेञ्च अधिकारीहरूलाई आग्रह गरेका छन्।
गत अप्रिल २८ मा फ्रेन्च लिग वान र टु रद्द गर्दै विजेता घोषणा गरिएको थियो। कोरोना भाइरसका कारण लिगका बाँकी खेल गर्न नसक्ने भन्दै लिग रद्द गरिएको थियो।
तर यो निर्णयमा असन्तुष्टि जनाउँदै अध्यक्ष जिनले फ्रान्सका प्रधानमन्त्री र खेलकुद मन्त्रीलाई पत्र लेखेका छन्। उनले लिग सुचारू नगरिए फ्रेन्च फुटबलले सामाजिक र आर्थिक संकट भोग्नु पर्ने बताएका छन्।
लियोन अंक तालिकाको सातौं स्थानमा रहदा लिग रद्द हुँदा उसले युरोपियन छनोट गुमाएको थियो।
लिग वान युरोपका पाँच ठूला लिगमा मध्ये रद्द हुने लिग बनेको थियो।
जर्मन बुन्डेसलिगा सुचारु भइसकेको छ भने स्पेन, इटाली र इंग्ल्यान्डमा लिग फेरि संचालन गर्न तयारी भइरहेको छ।
यद्यपी डच र बेल्जियन लिग भने रद्द भएका थिए।