ब्राजिलियन क्लब साओ पाउलोका पूर्व डिफेन्डर फ्लाभिओ डोनिजेटेले कोकिनको लतका कारण पाएका पुरस्कार बेच्नु परेको खुलासा गरेका हुन्।
फ्लाभिओले सन् २००५ मा साओ पाउलोका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। क्लबले देशको लिगका साथै कोपा अमेरिका क्लब च्याम्पियनसिप जितेको थियो। साथै सो वर्ष क्लब विश्वकपको उपाधि जित्ने क्रममा इंग्लिस क्लब लिभरपुललाई पराजित गरेको थियो।
सेन्टर ब्याक फ्लाभिओले लिएन्द्रो बोन्फिन घाइते भएपछि टिममा स्थान पाएका थिए। तर लगत्तै उनी कुलतमा फसेँ। जसका कारण उनले आफ्नो फुटबल करिअर नै ध्वस्त पारे।
'मैले ड्रग्स किन्नका लागि मेडल बेचेँ। मैले त्यो मेडल ३५ सय डलरमा बेचेँको थिएँ,' उनले भने।
'त्यसपछि मैले कोकिन किँने। एक पटक कोकिन किन्नका लागि मैले पाँच सय डलर तिर्ने गरेको थिएँ। कोकिन खाएपछि म सब भुल्थे। त्यो बेला कोकिन मेरो जीवनको महत्वपूर्ण अंग बनेको थियो। जति पैसा हुन्थ्यो म ड्रग्स किनिहाल्थे।'
उनलाई सन् २००९ साओ पाउलोले रिलिज गरेको थियो।