जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले अर्को जित हात पारेको छ।
कोरोनाभाइरसपछि गत सातादेखि सुरु भएको लिगमा डर्टमुन्डले शनिबार १० खेलाडीमा सीमित वुल्फवर्गलाई २-० ले हरायो। यसअघि गत शनिबार उसले साल्केलाई पराजित गरेको थियो।
वुल्फवर्गविरुद्धको खेलमा डर्टमुन्डका गुइरेरोले ३२ मिनेट र हाकिमीले ७८ मिनेटमा गोल गरे।
वुल्फवर्गका क्लाउस ८२ मिनेटमा रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए।
लिगको अर्को खेलमा वायर लिभरकुजेनले म्ग्लाडबचलाई ३-१ ले हरायो।
लिगमा शीर्ष स्थानको वायर्न म्युनिखको २६ खेलबाट ५८ अंक र दोस्रो स्थानको डर्टमुन्डको २७ खेलबाट ५७ अंक छ।
लिभरकुजेन जितसँगै २७ खेलबाट ५३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ भने म्ग्लाडबच ५२ अंक चौथो स्थानमा झरेको छ।