जर्मन बुन्डेस लिगाअन्तर्गत बर्लिन डर्बीमा बर्लिन हेर्थाले बर्लिन युनाइटेडमाथि सानदार जित हात पारेको छ।
शुक्रबार राति हेर्थाको खाली रंगशालामा खेल भएको थियो। खेलमा हेर्थाले दोस्रो हाफमा उत्कृष्ट खेल्दै ४-० को जित निकाल्यो।
पहिलो हाफ गोलरहित बरारबीमा सकिएको खेलमा हेर्थाका लागि इभिसेभिकले ५१ मिनेट, लुकेबाकिओले ५२ मिनेट, डा कुन्हाले ६१ मिनेट र बोयाटाले ७७ मिनेटमा गोल गरे।
जितसँगै हेर्था अंक तालिकाको दशौं स्थानमा उक्लिएको छ।
हेर्थाले २७ खेलबाट ३४ अंक जोडेको छ। युनियन भने २७ खेलबाट ३० अंकसहित १२औं स्थानमा छ।