स्पेनिस ला लिगामा शनिबार भएको खेलमा बार्सिलोना ५-० को फराकिलो अन्तरले विजयी हुँदा रियल मड्रिड लेभान्टेसँग १-० ले पराजित हुँदै लिगको दोश्रो स्थानमा झरेको छ।
त्यसैगरी एइबारमाथि ५-० को जित निकालेको बार्सिलोना रियल मड्रिडलाई उछिन्दै लिगको शीर्ष स्थानमा पुगेको छ।
बार्साको जितमा लियोनेल मेस्सीले ४ गोल गरे। उनले खेलको १४,३७,४० र ८७ औं मिनेटमा ती गोल गरेका थिए। यसैगरी टोलीको जितमा पाँचौ गोल भने आर्थरले गरे।
उता रियल मड्रिडको हारका लागि लेभान्टेका जोसे लुइस मोरालेसले खेलको ७९ औं मिनेटमा गरेको गोल नै पर्याप्त रह्यो।
जितपछि लिगमा २५ खेल खेलको बार्सिलोनाको ५५ अंक भएको छ भने समान खेल खेलेको रियल मड्रिडको ५३ अंक छ।