सुरू चीनलाई गाँजेको नविन कोरनोनाभाइरसको असर अन्यत्र पनि पर्न थालेको छ।
कोरोनाभाइरसका कारण इटाली सरकारले इटालियन सिरी एका तीन खेलहरू स्थगित गर्ने निर्णय गरेको छ।
इटालियन सरकारले शनिबार पत्रकार सम्मेलनमा उक्त कुरा बताएको हो।
'खेल मन्त्री स्पाडाफोराले आइतबारका लागि भेनेटो र लोम्बार्डी क्षेत्रमा तय गरिएका सम्पूर्ण खेलहरू स्थगित गर्ने चाहना राखेका छन्', पत्रकार सम्मेलनमा इटालीका प्रधानमन्त्री गुसिपे कोन्टेले भने।
सरकारको यो निर्णयले इन्टर मिलानको साम्पदोरियाविरूद्धको खेलको साथमा भेरोना विरुद्ध क्याग्लियारी र अटलान्टा बनाम ससुउलोको खेलहरू स्थगीत भएका छन्।
इन्टरमिलानले ट्विटरबाट खेल स्थगीत भएको पुष्टी गरेको छ। यसअघि शनिबारका लागि तय भएका खेलहरू पनि स्थगित गरिएका थिए।
देशको उत्तरी क्षेत्रको लोम्बार्डीमा २४ घण्टामा एक महिलाको निधन भएर भाइरसका कारण दोश्रो व्यक्तिको ज्यान गएपछि इटालीको सरकारले यी खेलहरू स्थगीत गर्ने निर्णय गरेको हो।
गत वर्ष चीनको हुबेई प्रान्तमबाट सुरू भएको कोभी,-१९ नामक भाइरसको संक्रमणबाट हाल सबैभन्दा पनि चीन प्रभावित भएको छ। चीनमा ७५ हजार ५ सय ६७ को यस सम्बन्धी मामिलाहरू पुष्टि भएका छन् भने यसबाट मृत्यु हुनेको संख्या २२ सय ३९ पुगिसकेको छ।
चीनबाहिर २६ देशमा १२ सय मामिलाहरू पुष्टी भएका छन् भने हाल सम्म ८ जनाले ज्यान गुमाइसकेका छन्।