इन्टर मिलानलाई पराजित गर्दे लाजियो इटालियन सिटी एको दोश्रो स्थानमा उक्लेको छ।
१ गोलले पछि परेको अवस्थालाई उल्टाउँदै लाजियोले इन्टर मिलानलाई आइतबार २-१ ले पराजित गरेको हो।
इन्टर मिलानले योङ्ले गरेको गोलमा पहिले अग्रता लिएको थियो।
मिलानले खेलको ४४ औं मिनेटमा लिएको यस अग्रतालाई लाजियोले खेलको ५० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै बराबरी गर्यो।
त्यसपछि खेलको ६९ औं मिनेटमा मिलिन्कोविक–साविकले गोल गरे र टोलीले खेल २-१ ले जित्यो।
जितपछि २४ खेलबाट लाजियोको ५६ अंक छ भने समान खेल खेलको लिगको शीर्ष स्थानमा रहेको युभेन्टसको ५७ अंक छ भने पराजित इन्टर मिलानको ५४ अंक छ।