तेस्रो डिभिजनको क्लब कल्चरल लेओनेसासँग पराजित भएपछि एथ्लेटिको मड्रिड कोपा डेल रे फुटबलको अन्तिम १६ मा पुग्न असफल भएको छ।
बिहीबार भएको खेलमा ऊ लेओनेसासँग २-१ ले पराजित भएको हो।
खेलमा पहिलो अग्रता भने एथ्लेटिको मड्रिडले लिएको थियो। एन्जल कोरियाले ६२ औँ मिनेटमा गोल गर्दै मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए।
सो अग्रतालाई लेओनेसाले ८३ औँ मिनेटमा बराबरी गर्यो। सो बराबरी गोल कास्तानेडाले गरे।
त्यसपछि लेओनेसाले अतिरिक्त समयको १०८ औँ मिनेटमा गोल गर्यो र मड्रिडलाई अन्तिम ३२ बाटै घर फर्काइदियो। सो गोल बेनितोले गरेका थिए।
एथ्लेटिको मड्रिड कोपा डेल रे फुटबलमा तल्लो डिभिजनको क्लबसँग सन् २०११ यता पहिलोपटक पराजित भएको हो।