सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।
आजबाट दशरथ रंगशालामा सुरू भएको आठौं चरणको खेलमा मच्छिन्द्रले पुलिसमाथि १–० को जित निकालेको हो।
पुलिसको जितमा रञ्जित धिमालले गरेको गोल निर्णायक बन्यो।
रञ्जितले खेलको ५३ मिनेटमा गोल गरेका थिए। उनले उत्कृष्ट फ्रिकिङमार्फत गोल गरेका थिए।
जितसँगै अंक तालिकाको दोस्रो स्थानमा रहेको मच्छिन्द्रले शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ।
मच्छिन्द्रले ८ खेलबाट १६ अंक जोडेको छ। गोलअन्तरमा अघि रहेको आर्मीले पनि १६ अंक नै बटुलेको छ। यद्यपी आर्मीले १ खेल कम खेलेको छ।