सर्जियो अग्युरोको निर्णायक गोलमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई पराजित गरेको छ।
इङ्लिश प्रिमियर लिग अन्तरगत मंगलबार भएको खेलमा सिटीले १-० गोल अन्तरले हराएको हो।
टोलीलाई जित दिलाउने क्रममा अग्युरोले खेलको ७३ औं मिनेटमा गोल गरेका थिए।
जितपछि सिटीले २४ खेलबाट ५१ अंक जोडेको छ। ऊ लिगको दोश्रो स्थानमा छ। लिगको पहिलो स्थानमा रहेको लिभरपुलको २२ खेलबाट ६४ अंक छ।