सन्तोष साहुखल सहिद स्मारक ए डिभिजन लिगमा १०० गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
बुधबार दशरथ रंगशालामा भएको नेपाल पुलिस क्लबविरुद्धको खेलमा च्यासल युथ क्लबका फरवार्ड साहुखलले गोल गर्दैं नेपाली घरेलु लिगमा सय गोलको कोशेढुंगा पार गरेका हुन्।
पुलिसविरुद्ध १८ मिनेटमा गोल गर्दै साहुखलले यो कीर्तिमान बनाएका हुन्।
उनी अहिले च्यासल फुटबल क्लबका कप्तान समेत हुन्।
यसअघिको लिगहरुमा उनले विभिन्न क्लबबाट ९६ गोल गरेका थिए।
यो सिजनमा उनले पहिलो खेलमा संकटाविरुद्ध २ गोल गरे भने दोस्रो खेलमा मछिन्द्रविरुद्ध १ गोल गरे।
उनकै गोलमा च्यासलले पहिलो खेलमा संकटामाथि २-० गोलको जित र मछिन्द्रमाथि १-१ गोलको बराबरी खेलेको थियो।
२०६० सालदेखि लिग खेल्न सुरु गरेका साहुखल नेपाली लिगका सर्वाधिक गोलकर्ता हुन्। थ्रीस्टारबाट आफ्नो लिग यात्रा सुरु गरेका उनले डेब्यू खेलमै गोल गरेका थिए।
यो सिजनसहित दशवटा लिग खेलेका साहुखलले ६ सिजन थ्रीस्टारबाट खेले। उनले २०६६/६७ को लिग सिजनमा सर्वाधिक १९ गोल गरे।
उनी हाल जापानमा बस्दै आएका छन्। जापानमै बच्चाहरुलाई प्रशिक्षण दिन्छन् र आफू पनि खेल्छन्।
सन्तोषको नेपाली लिगमा गोल
२०६० – थ्रीस्टार – ६ गोल
२०६१– सशस्त्र प्रहरी – ६ गोल
२०६२– थ्रीस्टार – ९ गोल
२०६३– थ्रीस्टार – ११ गोल
२०६६/६७– थ्रीस्टार – १९ गोल
२०६८ – मनाङ मर्स्याङ्दी – १६ गोल
२०६९ – थ्रीस्टार – १७ गोल
२०७०– थ्रीस्टार– ९ गोल
२०७५ – च्यासल – ३ गोल
२०७६ – च्यासल – ४ गोल
कुल गोल – १०० गोल