सिजनको सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले विजयी सुरुवात गरेको छ। मच्छिन्द्रले शनिबार भएको उद्घाटन खेलमा ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराएको हो।
मच्छिन्द्रको जितमा योगश गुरुङ र दिपक राईले १-१ गोल गरे।
वर्षाका कारण दशरथ रंगशाला हिलाम्मे भएपछि एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा योगेशले ३० मिनेटमा पहिलो गोल गरे। उनले फ्रिकिक बलमा हेडमार्फत गोल गरेका थिए।
५० मिनेटमा दिपकले अग्रता दोब्बर पारे। उनले रन्जित धिमालले दिएको पासमा गोल गरेका थिए।
यसैबीच भोलिका लागि तय लिगको खेल स्थगित भएको छ।
लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले जापान फुटबल लिगसँग मैत्रीपूर्ण खेल खेल्न भएकाले लिग स्थगित गरिएको हो।
मैत्रीपूर्ण खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हुनेछ।